News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाम उपनिर्वाचन: एमालेका सुहाङको अग्रता कायमै, डम्बर भन्दा ५८५७ मतले अगाडि 

काठमाडौं— प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रतालाई कायमै राखेका छन्।

फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका–१, २, ३, ४ र ५ को मत गणना सकिएको छ।

Prabhu Bank

पछिल्लो मत परिणामअनुसार एमालेका नेम्वाङले १८ हजार १९६ मत पाएका छन्। मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ३३९ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले ९ हजार ३३६ मत प्राप्त गरेका छन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बू ३ हजार ६७ मतसहित चौथोमा छन्। 

अहिले देउमाई नगरपालिका ६, ७ र ८ को मतगणना भइरहेको हो। इलाम नगरपालिकाको गणना गर्न बाँकी छ। एक लाख १५ हजार ८ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए।

इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १९:३६
राजनीति
विशेष
Weather Update