News Griha :: न्यूजगृह
इलाममा राप्रपा नेपालको ४३ मत, कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो 

काठमाडौं— राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर भएका कारण कम मत आएको स्पष्टीकरण दिएका छन्। 

इलाम- २ मा राप्रपा नेपालबाट उम्मेदवार बनेका गणेश बहादुर चौहानले केवल ४३ मत प्राप्त गरेपछि अध्यक्ष थापाको यस्तो टिप्पणी आएको हो। 

Prabhu Bank

अध्यक्ष थापाले वर्तमान भ्रष्ट व्यवस्थाप्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढिरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्ने बारे नयाँ शिराबाट सोच्न आव्हान समेत गरेका छन्।

उनले भनेका छन्,  'इलाममा पार्टी संगठन कमजोर थियो, प्रचार अभियान प्रभावकारी थिएन। थोरै भोट आउनु स्वभाविक हो। वर्तमान भ्रष्ट व्यवस्थाप्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढिरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्ने बारे नयाँ शिराबाट सोच्न आह्वान गर्दछु।' 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०९:५५
राजनीति
विशेष
Weather Update