गण्डकीका मुख्यमन्त्री खगराजको नियुक्ति वैधानिक ठहर, सुरेन्द्र पाण्डेको रिट खारेज सोमबार, वैशाख १७, २०८१

इलाममा कांग्रेस हारउन्मुख, कार्यकर्ता निराश सोमबार, वैशाख १७, २०८१ इलाम उपनिर्वाचनमा नेपाली कांग्रेसले लज्जास्पद पराजय व्यहोर्ने देखिएको छ।बदलिँदो जनमत मापन गर्ने अवसर मानिएको उपनिर्वाचनको नतिजाले कांग्रेस कार्यकर्तालाई झन् निराश बनाएको छ । २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा मात्र ११४ मतले पराजित भएका कांग्रेस उम्मेदवार डम्बर खड्का एमाले उम्मेदवारभन्दा निकै पछाडि छन्। कांग्रेसले विगतको आफ्नो मत होल्ड गर्न नसकेको टिप्पणी...

इलाम–२ मा कांग्रेसका खड्काले कटाए १० हजार मत, अन्य उम्मेदवारको कति? सोमबार, वैशाख १७, २०८१ इलाम क्षेत्र नंं २ मा नेपाली कांंग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १० हजार मत कटाएका छन्। निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार खड्काले १० हजार ५ सय ५७ मत प्राप्त गरेका छन्। त्यस्तै अग्रस्थानमा रहेका नेकपा एमालेका सुहाङ नेम्वाङले १६ हजार २ सय १९ मत प्राप्त गरेका छन्।

इलाम–२: सुहाङको मत १४ हजार नाघ्यो, रास्वपाले कटायो २ हजार सोमबार, वैशाख १७, २०८१ इलाम क्षेत्र नं २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन्। हालसम्म सुहाङको पक्षमा १४ हजार ६ सय १३ मत देखिएको छ। त्यस्तै सुहाङलाई पच्छ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार ३ सय ११ मत प्राप्त गरेका छन्। यसरी हेर्दा कांग्रेस एमालेबीचको मतान्तर ५ हजार...
-1714297615.jpg)
बझाङमा एकीकृत समाजवादीका सिंहसहित ८ उम्मेदवारको जमानत जफत सोमबार, वैशाख १७, २०८१ बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहसहित ८ उम्मेदवारको जमानत जफत भएको छ। प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ अनुसार कुल सदर मतको १० प्रतिशत मत कटाउन नसके जमानत जफत हुने प्रावधान रहेको छ।

इलाम–२ मा सुहाङ र डम्बरबीच ५ हजारको फराकिलो मतान्तर सोमबार, वैशाख १७, २०८१ इलाम क्षेत्र नं २ मतगणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन्। हालसम्म सुहाङले १३ हजार ९ सय मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार ९ सय १४ मत प्राप्त गरेका छन्। यसरी हेर्दा उनीहरुबीचको मतान्तर ४ हजार ९ सय ८६ रहेको छ।

ओलीलाई माधव नेपालको आग्रह– पुराना कुरा भुलेर हातेमालो गरौँ सोमबार, वैशाख १७, २०८१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलार्ई उचाइमा पुर्यानका लागि नयाँ ढंगले सोच्नुपर्नेमा जोड दिएका छन्। सोमबार पार्टी निकट अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेसँगको पुराना कुरालाई भूलेर आफू नयाँ ढंगले हातेमालो गरेर अगाडि बढ्न तयार भएको बताए।

बझाङ १(१) मा एमालेका दमनबहादुर भण्डारी विजयी सोमबार, वैशाख १७, २०८१ बझाङ प्रदेश सभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्। भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पराजित गरे। भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गरेका छन्। त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे।यस्तै माओवादीका जनक बुढाले...

इलाम–२ मा सुहाङ ४६ सय मतले अगाडी, दोस्रो हुन डम्बर र डकेन्द्रबीच टक्कर सोमबार, वैशाख १७, २०८१ इलाम क्षेत्र नं २ मा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले कांग्रेससँग मतान्तर घटाउँदै प्रतिस्पर्धामा आएका छन्। हालसम्म थेगिमले ८ हजार ९८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८ हजार ३ सय ८६ मत प्राप्त गर्दा उनीहरुबीचको मतको अन्तर २ सय ८८ मत मात्रै रहेको छ।
-1714297615.jpg)
बझाङको मतगणना अन्तिम चरणमा, एमालेका भण्डारीले मतान्तर बढाउँदै सोमबार, वैशाख १७, २०८१ बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। अन्तिम चरणको मतगणना चलिरहँदा नेकपा एमालेका दमनबहादुर भण्डारीले मतान्तर बढाउँदै लगेका छन्। हालसम्म उनले ११ हजार २९६ मत प्राप्त गरेका छन्। त्यस्तै उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले १० हजार ९४९ मत प्राप्त गरेका छन्। उनीहरुबीचको मतान्तर...
-1714187458.jpg)
इलाम उपनिर्वाचनः माङ्सेबुङ–५ मा चम्किए थेगिम, कांग्रेस–एमालेले कटाएनन् ६९ मत सोमबार, वैशाख १७, २०८१ प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ। हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। पछिल्लो नतिजाअनुसार नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार सुहाङ नेम्बाङले अग्रता बड्दो क्रममा छ।

कडा प्रतिस्पर्धाबीच बझाङमा एमालेले मतान्तर बढाउँदै सोमबार, वैशाख १७, २०८१ बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा नेकपा एमालेले मतान्तर झिनो अंकमा बढाउँदै लगेको छ। यसअघि ९ मतले अघि रहेका नेकपा एमालेका दमनबहादुर भण्डारीले अहिले मतान्तर बढाएर २५ पुर्याएका छन्। भण्डारीले १० हजार १ सय ४९ पुर्याउँदा नेपाली कांग्रेसका अभिषेकबहादुर भण्डारीले १० हजार १ सय २४ पुर्याएको निर्वाचन आयोगले जनाएको छ।
-1714297615.jpg)
बझाङमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, सिंहलाई भण्डारीले उछिने सोमबार, वैशाख १७, २०८१ बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ। यसअघि कांग्रेसका उम्मेदवार अभिषेक सिंंहले अग्रता कायम गरेकोमा अहिले उनलाई एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले उछिनेका छन्।