News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
ओलीलाई माधव नेपालको आग्रह– पुराना कुरा भुलेर हातेमालो गरौँ 
फाइल तस्बिर

काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलार्ई उचाइमा पुर्‍यानका लागि नयाँ ढंगले सोच्नुपर्नेमा जोड दिएका छन्। 

सोमबार पार्टी निकट अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेसँगको पुराना कुरालाई भूलेर आफू नयाँ ढंगले हातेमालो गरेर अगाडि बढ्न तयार भएको बताए। 

Prabhu Bank

‘अहिले पुरानो कुरा नगरौँ भनेपनि ठिकै छ। कति पुराना कुरा मात्रै गर्ने? नयाँ कुरा गरौँ। नयाँ ढंगले जाऔँ। हातेमालो गरौँ। देश र जनतालाई केन्द्रबिन्दुमा राखौँ। यो सबै कुराहरुको सन्दर्भमा नै हामीले सोच्नुपर्ने आवश्यकता छ,’ नेपालले भने। 

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै संसद विघटनदेखिका विभिन्न प्रशंगलाई आत्मसमिक्षा गरेर अघि बढ्नुपर्ने बताए। 

‘गल्ती महसुस गर्न पर्छ की, आत्मआलोचना गर्न पर्छ की भनेर हामीलाई त्राहीमाम भएको छ। गल्ती हुनसक्छ, कुन ठूलो कुरो भो? स्वीकार गर्ने र नदोहोर्याउने हो नी’, नेपालले भने, ‘अहिलेपनि संसद विघटन गरेको ठिक गरियो भनिदिने, संविधान मिचेर ठिक काम गरियो भनिदिने?’

उनले आफ्नो ध्यान कसरी कम्युनिस्ट पार्टी र आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने भन्नेमा रहेको भन्दै कम्युनिस्ट पार्टी र आन्दोलनले नै देश र जनताको भलो गर्न सक्ने विश्वास आम जनतामा कसरी पुर्याउने भन्ने कुरामा कम्युनिस्टहरुको ध्यान केन्द्रित हुनुपर्ने बताए। 

त्यस्तै फरक प्रशंगमा अध्यक्ष नेपालले देशको सबै क्षेत्रमा विकास निर्माणको कार्यलाई अनुगमन, मूल्यांकन र अनुसन्धान गर्ने प्रणालीलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनले  देश चलाउने वुद्धि विकास गर्नसके मात्र जनताले लाभ पाउने भन्दै सरकारप्रति कटाक्ष गरे। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १४:२६
राजनीति
विशेष
Weather Update