News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाम–२ मा कांग्रेसका खड्काले कटाए १० हजार मत, अन्य उम्मेदवारको कति? 

काठमाडौं– इलाम क्षेत्र नंं २ मा नेपाली कांंग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १० हजार मत कटाएका छन्। 

निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार खड्काले १० हजार ५ सय ५७ मत प्राप्त गरेका छन्। 

Prabhu Bank

त्यस्तै अग्रस्थानमा रहेका नेकपा एमालेका सुहाङ नेम्वाङले १६ हजार २ सय १९ मत प्राप्त गरेका छन्।

त्यसैगरी पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले हालसम्म ८ हजार ८ सय २५ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले २ हजार ६ सय ४५ मत प्राप्त गरेका छन्। 

५० प्रतिशत मतगणना सकिँदा ३९ हजार ४ सय २५ सदर मत रहेको निर्वाचन आयोगले जनाएको छ।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १६:५६
राजनीति
विशेष
Weather Update