News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाम–२: सुहाङको मत १४ हजार नाघ्यो, रास्वपाले कटायो २ हजार  

काठमाडौं— इलाम क्षेत्र नं २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन्। 

हालसम्म सुहाङको पक्षमा १४ हजार ६ सय १३ मत देखिएको छ। त्यस्तै सुहाङलाई पच्छ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार ३ सय ११ मत प्राप्त गरेका छन्। यसरी हेर्दा कांग्रेस एमालेबीचको मतान्तर ५ हजार ३  सय २ रहेको छ। 

Prabhu Bank

त्यसो त नयाँ उत्साहका साथ निर्वाचनमा होमिएको दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू २ हजार मतमा सीमित देखिएका छन्। हालसम्म उनले जम्मा २ हजार ५७ मत मात्रै प्राप्त गरेका छन्। 

यता पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ८ हजार ५ सय ७० मत प्राप्त गरेका छन्। 

हालसम्म ३५ हजार ६ सय ११ सदर मत रहेकोमा एकीकृत समाजवादीका  जीतबहादुर राईले २ सय ९९ मत मात्रै प्राप्त गरेका छन्। 
मतगणना जारी रहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १६:००
राजनीति
विशेष
Weather Update