News Griha :: न्यूजगृह
गण्डकीका मुख्यमन्त्री खगराजको नियुक्ति वैधानिक ठहर, सुरेन्द्र पाण्डेको रिट खारेज 

काठमाडौं— गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

Prabhu Bank

सभामुखलाई समेत गणना गरेर एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेर मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री बनेपछि कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरे।

गत चैत २८ गते सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १९:२२
राजनीति
विशेष
Weather Update