News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बझाङमा एकीकृत समाजवादीका सिंहसहित ८ उम्मेदवारको जमानत जफत 

काठमाडौं— बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहसहित ८ उम्मेदवारको जमानत जफत भएको छ। 

प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ अनुसार कुल सदर मतको १० प्रतिशत मत कटाउन नसके जमानत जफत हुने प्रावधान रहेको छ।  

Prabhu Bank

सोमबार दिउँसो सम्पन्न मतगणना अनुसार त्यहाँ कुल २९ हजार ७ सय ५ मत सदर भएको थियो। त्यसमध्ये एकीकृत समाजवादीका सिंहले जम्मा २ हजार ५ सय १४ मत मात्रै प्राप्त गरे। यसरी हेर्दा उनले प्राप्त गरेको मत कुल सदर मतको ८ प्रतिशत हाराहारीमा मात्रै हुन आउँछ। 

त्यस्तै जमानत जफत हुने अन्य उम्मेदवारहरुमा किशोरकुमार खड्का (२४२), रामबहादुर जाग्री (४४), गजेन्द्र बहादुर थापा (३५), दिपकबहादुर खड्का (२८), शुशिलादेवी विष्ट (२६), खगेन्द्र बहादुर शाही (२४) र कमलबहादुर घर्तीमगर (२) रहेका छन्। 

सम्पन्न मतगणना अनुसार एमालेका दमनबहादुर भण्डारी ११ हजार ६ सय १३ मतसहित विजयी भएका छन्। त्यस्तै कांग्रेसका अभिषेक बहादुर सिंह ११ हजार ३ सय ४६ मतसहित उपविजेता भएका हुन्। त्यस्तै उपनिर्वाचनमा तेस्रो भएको माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ मत प्राप्त गरेका छन्। 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १५:३१
राजनीति
विशेष
Weather Update