News Griha :: न्यूजगृह
बझाङको मतगणना अन्तिम चरणमा, एमालेका भण्डारीले मतान्तर बढाउँदै 

काठमाडौं— बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ।  

अन्तिम चरणको मतगणना चलिरहँदा नेकपा एमालेका दमनबहादुर भण्डारीले मतान्तर बढाउँदै लगेका छन्।  

हालसम्म उनले ११ हजार २९६ मत प्राप्त गरेका छन्। त्यस्तै उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले १० हजार ९४९ मत प्राप्त गरेका छन्। उनीहरुबीचको मतान्तर ३ सय ४७ रहेको छ। 

त्यस्तै नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ७ सय ९७ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। 

अहिले मतगणना जारी रहेको छ।

-अपडेट गरिएको

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १३:२६
Weather Update