News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाममा कांग्रेस हारउन्मुख, कार्यकर्ता निराश

काठमाडौं— इलाम उपनिर्वाचनमा नेपाली कांग्रेसले लज्जास्पद पराजय व्यहोर्ने देखिएको छ।

बदलिँदो जनमत मापन गर्ने अवसर मानिएको उपनिर्वाचनको नतिजाले कांग्रेस कार्यकर्तालाई झन् निराश बनाएको छ । 

Prabhu Bank

२०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा मात्र ११४ मतले पराजित भएका कांग्रेस उम्मेदवार डम्बर खड्का एमाले उम्मेदवारभन्दा निकै पछाडि छन्। कांग्रेसले विगतको आफ्नो मत होल्ड गर्न नसकेको टिप्पणी भइरहेको छ।

सोमबार साँझसम्म झण्डै आधा मत गणना भइसक्दा कांग्रेस उम्मेदवारको प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमसँग भइरहेको छ।

यो समाचार तयार पार्दासम्म नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ कांग्रेस उम्मेदवार खड्काभन्दा ५ हजार ६७१ मतले अगाडि छन्।

सुहाङले १६ हजार ९४४ मत पाउँदा कांग्रेसका डम्बरले ११ हजार २७३ मत पाएका छन्। यस्तै डकेन्द्रले ९ हजार ४४ मत पाएका छन्।  
अन्तिम परिणाम नआउँदै काठमाडौंमा कांग्रेस नेताहरू चुनाव हारिसकेको निष्कर्षमा पुगेका छन्।

बझाङमा पनि कांग्रेस उम्मेदवार पराजित भइसकेका छन्। कार्यकर्ताहरूमा निराशा देखिन्छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १८:२५
राजनीति
विशेष
Weather Update