News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाम–२ मा सुहाङ ४६ सय मतले अगाडी, दोस्रो हुन डम्बर र डकेन्द्रबीच टक्कर 

काठमाडौं— इलाम क्षेत्र नं २ मा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले कांग्रेससँग मतान्तर घटाउँदै प्रतिस्पर्धामा आएका छन्। 

हालसम्म थेगिमले ८ हजार ९८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८ हजार ३ सय ८६ मत प्राप्त गर्दा उनीहरुबीचको मतको अन्तर २ सय ८८ मत मात्रै रहेको छ। 

Prabhu Bank

थेगिमले माङ्सेबुङ गाउँपालिका–५ को भने अप्रत्यासित मतपरिणाम ल्याएसँगै उनी प्रतिस्पर्धामा उक्लिएका हुन्। 

किरात धर्मगुरू आत्मानन्द लिङ्देन बसोबास रहेको उक्त क्षेत्रबाट थेगिमले १ हजार ३२ मत ल्याउँदा ठूला दल एमाले र कांग्रेसले ६९ मत कटाउन सकेका थिएनन्। 

सो वडामा एमालेका नेम्बाङले ६९ र कांग्रेसका खड्काले ४९ मतमात्र प्राप्त गरे। रास्वपाका लिम्बूले तीन मत पाए।  जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १३ हजार ६९ मत प्राप्त गरेका छन्।

यसरी हेर्दा दोस्रो स्थानमा रहेका कांग्रेसका खड्कासँगको अन्तर ४ हजार ६ सय ८३ र स्वतन्त्र उम्मेदवार थेगिमसँगको अन्तर ४ हजार ९ सय ८० रहेको छ।  

अहिले मतगणना जारी रहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १३:५२
राजनीति
विशेष
Weather Update