News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाम–२ मा सुहाङ र डम्बरबीच ५ हजारको फराकिलो मतान्तर 

काठमाडौं— इलाम क्षेत्र नं २ मतगणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन्। 

हालसम्म सुहाङले १३ हजार ९ सय मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार ९ सय १४ मत प्राप्त गरेका छन्। यसरी हेर्दा उनीहरुबीचको मतान्तर ४ हजार ९ सय ८६ रहेको छ। 

Prabhu Bank

त्यस्तै यसअघि कांग्रेसका खड्कासँग मतान्तर घटाएका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमको मतान्तर बढेको छ। उनले हालसम्म ८ हजार २ सय ८५ मत प्राप्त गरेका छन्। यसरी हेर्दा उनीहरुबीच ६ सय २९ रहेको छ। 

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू भने हालसम्म १ हजार ९ सय ४५ मतमै सीमित भएका छन्।

त्यसो त राप्रपाका लक्ष्मी गुरुङले हालसम्म १०० मत पनि कटाउन सकेका छैनन्। उनले हालसम्म ७९ मत मात्रै प्राप्त गरेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १४:५७
राजनीति
विशेष
Weather Update