News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाम उपनिर्वाचनः माङ्सेबुङ–५ मा चम्किए थेगिम, कांग्रेस–एमालेले कटाएनन् ६९ मत 

काठमाडौं— प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ। 

हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

पछिल्लो नतिजाअनुसार नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बड्दो क्रममा छ। 

Prabhu Bank

२७ हजार ६ सय १५ मतगणना गर्दा सुहाङ तीन हजार सात सय ५४ मतान्तरले अगाडि रहेका छन्। नेम्बाङले ११ हजार ७८ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार तीन सय २४ मत मात्र प्राप्त गरेका छन्।

त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह थेगिमले ६ हजार ९ सय १ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू १ हजार ५ सय १२ मतसहित चौथो सीमित रहेका छन्। 

माङ्सेबुङ गाउँपालिका–५ को भने अप्रत्यासित मतपरिणाम आएको छ। 

पहिचानवादी स्वतन्त्र उम्मेदवार थेगिमले १ हजार ३२ मत ल्याउँदा ठूला दल एमाले र कांग्रेसले ६९ मत कटाएनन्। 

सो वडामा एमालेका नेम्बाङले ६९ र कांग्रेसका खड्काले ४९ मतमात्र प्राप्त गरे। रास्वपाका लिम्बूले तीन मत पाए। सो वडामा किरात धर्मगुरू आत्मानन्द लिङ्देन बसोबास गर्दै आएका छन्।     

अहिले माई नगरपालिका–६ र ७ मा मतगणना भइरहेको छ । 

एक लाख १५ हजार ८ सय ८९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:३७
राजनीति
विशेष
Weather Update