News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कडा प्रतिस्पर्धाबीच बझाङमा एमालेले मतान्तर बढाउँदै 

काठमाडौं— बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा नेकपा एमालेले मतान्तर झिनो अंकमा बढाउँदै लगेको छ। 

यसअघि ९ मतले अघि रहेका नेकपा एमालेका दमनबहादुर भण्डारीले अहिले मतान्तर बढाएर २५ पुर्‍याएका छन्। 

Prabhu Bank

भण्डारीले १० हजार १ सय ४९ पुर्‍याउँदा नेपाली कांग्रेसका अभिषेकबहादुर भण्डारीले १० हजार १ सय २४ पुर्‍याएको निर्वाचन आयोगले जनाएको छ। 

त्यस्तै बझाङको जारी मतगणनामा नेकपा माओवादी केन्द्रका जनकबहादु बुढाले हालसम्म ३ हजार ६ सय ९५ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका दिलबहादुुर सिंहले २ हजार ४ सय २७ मत प्राप्त गरेका छन्। त्यस्तै राप्रपाका किशोरकुमार खड्काले २ सय ३६ मत प्राप्त गरेका छन्। 

अहिले मतदान जारी रहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:२२
राजनीति
विशेष
Weather Update