News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बझाङमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, सिंहलाई भण्डारीले उछिने 

काठमाडौं— बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ। 

यसअघि कांग्रेसका उम्मेदवार अभिषेक सिंंहले अग्रता कायम गरेकोमा अहिले उनलाई एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले उछिनेका छन्। 

Prabhu Bank

भण्डारीले ९ हजार ८ सय ८९ मत प्राप्त गर्दा सिंहले ९ हजार ८ सय ८० मत प्राप्त गरे। यसरी हेर्दा उनीहरुबीच ९ मतको मात्रै अन्तर देखिन्छ।  

यता नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४ सय ५ मत प्राप्त गरेका छन्। 

मतगणना जारी रहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ११:३६
राजनीति
विशेष
Weather Update