उपनिर्वाचन समीक्षा गर्न रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ।
पार्टी कार्यालय वनस्थलीमा दिउँसो साढे ४ देखि साढे ६ बजेसम्म बैठक बस्ने सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार बैठकमा इलाम उपनिर्वाचनको समीक्षा र आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम विषयमा छलफल हुनेछ।
त्यस्तै बैठकमा आगामी केन्द्रीय समिति बैठकसहित अन्य विविध विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१ ०६:४७