राप्रपाको केन्द्रीय समिति बैठक जेठमा

काठमाडौं— राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११ र १२ गते काठमाडौंमा बस्ने भएको छ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिको बैठक तय गरेको जानकारी दिएका छन्।
बैठकले समसामयिक राजनीतिक अवस्था र राप्रपाको आगामी आन्दोलनका कार्यक्रम बारे छलफल गरिनेछ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१ ०९:४७