News Griha :: न्यूजगृह
संघीय संसद्को बजेट अधिवेशन आह्वान

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले संसद् अधिवेशन आह्वान गरेका हुन्। उनले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका छन्।

बिहीबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १८:१९
Weather Update