जसपा विभाजनको तरंग मधेस सरकारमा, मुख्यमन्त्रीले बोलाए संसदीय दलको ‘आकस्मिक’ बैठकसोमबार, वैशाख २४, २०८१

यस्तो बन्यो नयाँ जसपा आइतबार, वैशाख २३, २०८१ जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्व जसपाले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम टुंगो लगाएको छ।जसपा नेपालकै जस्तो संगठनात्मक संरचना रहनेछ। आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन्।

संसदीय समितिमा बालेनको चर्चा, रविमाथि प्रश्न आइतबार, वैशाख २३, २०८१ छलफलमा सम्बन्धित मन्त्रालयको तर्फबाट मन्त्री र सचिव सहभागी थिए। स्वास्थ्य मन्त्री उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेकाले उक्त मन्त्रालयको कार्यवाहक जिम्मेवारी पाएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जवाफ दिन उपस्थित थिए। छलफलको विषय थियो, न्याम्स र वीर अस्पताललाई अलग गरेर छुट्टै संरचना बनाउने। दुवैलाई अलग गरेर स्वायत्त बनाउने प्रस्तावसहित सरकारले संशोधन...

गण्डकीका सभामुखविरुद्ध कांग्रेस सर्वोच्च जाने आइतबार, वैशाख २३, २०८१ ‘संविधानको धारा १८८ को उपधारा ३ मा भएको व्यवस्था अनुरूप प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत मत प्राप्त गर्नुपर्नेमा सो प्रक्रिया पूरा नगरी मा. सभामुखले असंवैधानिक तवरबाट मुख्यमन्त्री मा. खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको भनी गर्नुभएको घोषणा/निर्णय पूर्ण रूपमा असंवैधानिक, संसदीय अभ्यास र परम्पराविरुद्ध छ,’ विज्ञप्तिमा...

राष्ट्रपतिसँग जापानका विदेशमन्त्री योकोको शिष्टाचार भेट आइतबार, वैशाख २३, २०८१ शीतल निवासमा आइतबार भएको भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गर्दै कार्वन उत्सर्जन गर्ने विकसित मुलुकहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणका सन्दर्भमा अत्यन्त गम्भीर भइदिन आग्रह गरेको राष्ट्रपति पौडेललाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

गण्डकीमा सभामुखको बलमिच्याइँ, ३० भोटमै मुख्यमन्त्रीले बहुमत पाएको घोषणा आइतबार, वैशाख २३, २०८१ यहाँ मुख्यमन्त्री नियुक्तिको विवाद निरूपणका सवाले सर्वोच्चले बोलेको कुरालाई विश्वासको मतमा लगेर जोड्न खोजिएको छ। संविधानको धारा १६८ (२) मा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्न सक्नेछ भनेर भनिएको छ। गण्डकीमा मुख्यमन्त्रीका लागि दुइटा दाबी थिएनन्। यस्तो अवस्थामा सभामुखलाई...

उपेन्द्र यादवले सरकार ढाल्न खोजेपछि हामीले नयाँ पार्टी बनायौंः मन्त्री साह आइतबार, वैशाख २३, २०८१ संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन्।

जसपाका कुन-कुन सांसदले छोडे उपेन्द्रको साथ ? आइतबार, वैशाख २३, २०८१ सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ। आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ ।संघीय संसद्मा प्रतिनिधित्व गर्ने ७ सांसदहरू राईसहित नवलकिशोर साह सुडी, रञ्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्।...

फुट्यो जसपा, नयाँ पार्टी दर्ताका लागि राईले आयोगमा दिए निवेदन आइतबार, वैशाख २३, २०८१ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटको संघारमा पुगेको छ। आइतबार पार्टीका वरिष्ठ उपाध्यक्ष अशोक राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। संघीय संसदमा जसपाबाट १२ जना सांसदको प्रतिनिधित्व रहेको छ। जसमध्ये बहुमत सदस्यहरुको हस्ताक्षरसहित राईको नेतृत्वमा नेताहरु निर्वाचन आयोग पुगेको स्रोतले जानकारी दिएको छ।

जापानका विदेशमन्त्री योकोले भेटे प्रधानमन्त्री प्रचण्ड आइतबार, वैशाख २३, २०८१ नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री कामिकावा योकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन्। केहीबेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रतिनिधिमण्डलको टोलीसहित प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्। भेटमा नेपाल र जापानबीचको आपसी सम्बन्धका विषयमा छलफल भएको थियो।

बागमती प्रदेशले गर्यो उच्च शिक्षा ऐन संशोधनसम्बन्धी अध्यादेश जारी आइतबार, वैशाख २३, २०८१ बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारीगर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए।

सिंहदरबारमा उपप्रधानमन्त्री श्रेष्ठ र जापानका विदेशमन्त्री योकोबीच भेटघाट आइतबार, वैशाख २३, २०८१ नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री कामिकावा योकोले उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका छन्। एकदिने औपचारिक नेपाल भ्रमणमा आइतबार काठमाडौं आएका योकोले सिंहरदबारस्थित परराष्ट्रमन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठसँग भेटघाट गरेका हुन्।

गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत आइतबार, वैशाख २३, २०८१ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत मागेका छन्। आइतबार दिउँसो बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका हुन्।