News Griha :: न्यूजगृह
जापानका विदेशमन्त्री योकोले भेटे प्रधानमन्त्री प्रचण्ड 

काठमाडौं— नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री कामिकावा योकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन्। 

केहीबेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रतिनिधिमण्डलको टोलीसहित प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्। 

Prabhu Bank

भेटमा नेपाल र जापानबीचको आपसी सम्बन्धका विषयमा छलफल भएको थियो। 

kamikawa-yoko_prachanda_meeting1-1714909492.jpg
नेपालको एकदिने औपचारिक भ्रमणमा आइतबार बिहान काठमाडौं आइपुगेका योकोले आजै काठमाडौंका विभिन्न सांस्कृतिक सम्पदाहरुको अवलोकन गरेका थिए। भने केहीबेरअघि नेपालका समकक्षी उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका थिए।

आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। 

साथै योको आजै जापान प्रस्थान गर्नेछन्।  
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १७:३०
Weather Update