News Griha :: न्यूजगृह
सिंहदरबारमा उपप्रधानमन्त्री श्रेष्ठ र जापानका विदेशमन्त्री योकोबीच भेटघाट

काठमाडौं— नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री कामिकावा योकोले उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका छन्। 

एकदिने औपचारिक नेपाल भ्रमणमा आइतबार काठमाडौं आएका योकोले सिंहरदबारस्थित परराष्ट्रमन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठसँग भेटघाट गरेका हुन्। 

Prabhu Bank

भेटघाटमा परराष्ट्रमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिनिधि मण्डल र जापानका विदेशमन्त्री योकोसहितको उच्चस्तरीय प्रतिनिधि मण्डलको सहभागिता रहेको थियो।

सो क्रममा नेपाल र जापानबीचको द्वीपक्षीय आपसी सम्बन्धका विषयमा छलफल भएको थियो। 

भेटघाट अघि योकोले काठमाडौंका विभिन्न स्थानको अवलोकन समेत गरेका थिए। 

उनले आज नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। 

उनी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १७:०२
Weather Update