News Griha :: न्यूजगृह
गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत 
फाइल तस्बिर

काठमाडौं— गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत मागेका छन्। 

आइतबार दिउँसो बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका हुन्। 

Prabhu Bank

प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले प्रदेशको स्थायित्वका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समेत विश्वासको मत दिन आग्रह गरे। 

त्यस्तै उनले प्रदेश संरचनामाथि उठेको औचित्यको प्रश्नको निराकरणमा आफू नेतृत्वको सरकारले भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे। 

साथै उनले प्रदेशको विकासका लागि आफूसँग भएका योजनाहरुबारे समेत प्रदेश सभालाई जानकारी गराएका छन्। 

अधिकारी गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १५:४९
Weather Update