सभामुख घिमिरेको तर्क– संसद्को आगामी अधिवेशन बिना अवरोध चलाउने बाटो खुल्यो मंगलबार, वैशाख २५, २०८१

आगामी संसद् बैठकमा बोल्न पाउँ भन्दै गृहमन्त्रीले लेखे सभामुखलाई पत्र मंगलबार, वैशाख २५, २०८१ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्को आगामी अधिवेशनमा आफ्ना धारणा राख्न पाउँ भन्दै सभामुखलाई पत्र लेखेका छन्।यसअघिको अधिवेशनका बैठकहरुमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीको विषय जोड्दै गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्नबाट रोकेको थियो।गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गरिरहेको कांग्रेसले आगामी...
-1715065066.jpg)
सभामुखसँगको छलफलमा कांग्रेसको अडान कायमै- छानबिन समिति नभइ मान्दैनौँ मंगलबार, वैशाख २५, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणका विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडानलाई कायमै राखेको छ। आज सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीचको छलफलमा कांग्रेसले आफ्नो अडान कायमै राखेको हो। यसअघिको संसद् बैठकहरुमा कांग्रेसले सहकारी ठगी प्रकरणमा वर्तमान गृहमन्त्री रवि लामिछाने मुछिएको आरोप लगाउँदै छानबिन समितिको...
-1715065066.jpg)
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग सभामुखको छलफल जारी मंगलबार, वैशाख २५, २०८१ सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीचको छलफल जारी रहेको छ। केहीबेरअघि सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक सुरु भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए। संसद्को आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुसँग छलफल गरेका हुन्।

रास्वपाको निष्कर्ष– सहकारी ठगी प्रकरणमा छानबिन समिति आवश्यक छैन मंगलबार, वैशाख २५, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति आवश्यक नरहेको निष्कर्ष निकालेको छ। आज बसेको रास्वपाको संसदीय दलको बैठकमा सहकारी ठगी प्रकरणमा जोडेर पार्टी सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा संसदमा उठिरहेको सवालका विषयमा समेत छलफल भएको थियो। सो विषयमा छलफल गर्दै संसदीय छानबिन...

जसपा नेपालका नेताहरुलाई सनाखत गराउँदै निर्वाचन आयोग मंगलबार, वैशाख २५, २०८१ निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुलाई २१ दिनभित्र सनाखत गर्न आग्रह गरेको छ। जसपा नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) बनेपछि आयोगले पार्टी गठन भएको २१ दिनभित्र अर्थात् आगामी जेठ १३ गतेभित्र सनाखत गर्न आग्रह गरेको हो।

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता मंगलबार, वैशाख २५, २०८१ उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिएर स्वदेश फर्किएका छन्।

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार मंगलबार, वैशाख २५, २०८१ नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक आगामी शनिबार बस्ने भएको छ।बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजमा छलफल गरिने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

रास्वपा संसदीय दलको बैठक जारी, छलफल बजेट अधिवेशनमा केन्द्रित मंगलबार, वैशाख २५, २०८१ उनले इलाम निर्वाचन क्षेत्र नं २ को सम्पन्न उपनिर्वाचनका सम्बन्धमा छलफलसँगै समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीतिका सम्बन्धमा पनि छलफल जारी रहेको जानकारी दिइन्। शुक्रबारबाट बजेट अधिवेशन सुरु हुँदैछ।

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख मंगलबार, वैशाख २५, २०८१ निर्वाध सदन सञ्चालनका निम्ति परामर्श गर्न सभामुख देवराज घिमिरेले मंगलबार संसद्मा प्रतिनिधित्व गरेका पाँच राजनीतिक दलका शीर्ष नेतासँग बैठक गर्दै छन्। संसद् सचिवालयले सदन सञ्चालनका लागि बनाएको ‘क्यालेण्डर’ अनुरूप संसदीय गतिविधिमा सबै राजनीतिक दललाई सहयोग गर्न सभामुखले बैठकमा पुनः अनुरोध गर्ने छन्।

रास्वपा संसदीय दलको बैठक बस्दै मंगलबार, वैशाख २५, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक मंगलबार बस्दै छ। बैठक पार्टीको संसदीय कार्यालय सिंहदरबारमा बिहान ८ बजे बस्नेछ।बैठक वैशाख २८ गते सुरु हुने संसद्को बजेट अधिवेशनमा केन्द्रित रहने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिका लगायत विषयमा...

गण्डकी प्रदेशका सभामुखको असंवैधानिक कार्यप्रति कांग्रेसको निन्दा र भर्त्सना सोमबार, वैशाख २४, २०८१ नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा भएका गतिविधिप्रति असहमति जनाएको छ।कांग्रेसले सोमबार विज्ञप्तिमार्फत नेपालको संविधानको धारा १८८ को उपधारा ३ मा उल्लेख भएअनुसार तत्काल कायम रहेको सम्पूर्ण सदस्यको बहुमतबाट गर्नुपर्ने व्यवस्था रहेको स्पष्ट पारेको छ।

जसपा दर्ता भएको संसद् सचिवालयलाई जानकारी सोमबार, वैशाख २४, २०८१ निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) दर्ता भएको जानकारी संघीय संसद् सचिवालयलाई पठाएको छ।उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)नेपालबाट विद्रोह गरी अशोककुमार राई नेतृत्वमा जनता समाजवादी पार्टी बनाउन आइतबार निर्वाचन आयोगमा निवेदन परेको थियो।