निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्यो: प्रधानमन्त्रीबिहीबार, वैशाख २७, २०८१

कोशीका मुख्यमन्त्री कार्की काठमाडौंमा, केहीबेरमा प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट दायर गर्ने बिहीबार, वैशाख २७, २०८१ प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेलगत्तै कोशीका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा छन्। सर्वोच्च अदालतमा रिट दायर गर्न मुख्यमन्त्री कार्की बिहीबार बिहानै काठमाडौं आइपुगेका छन्। ‘फर्स्ट आवरमै रिट दर्ता गर्न मुख्यमन्त्रीज्यू काठमाडौं पुग्नुभएको छ’, मुख्यमन्त्रीका प्रेस सल्लाहकार देवनारायण साहले भने ‘आजै रिट दायर गर्नुहुन्छ।’

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, सूर्यमान गुरुङको निधनमा शोक प्रस्ताव पारित गर्ने बिहीबार, वैशाख २७, २०८१ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक केहीबेरमा बस्दैछ। सभापति शेरबहादुर देउवाले अहिले बिहान १० बजेका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका हुन्।पार्टीका नेता, पूर्वमन्त्री एवं प्रजातान्त्रिक योद्धा सूर्यमान गुरुङको मंगलबार ८४ वर्षको उमेरमा निधन भएको र गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो।

तीन टुक्रा भयो जसपा नेपाल, तटस्थ समूहले पहिचानवादी मोर्चा घोषणा गर्दै बिहीबार, वैशाख २७, २०८१ जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेपछि तटस्थ बसेको समूहले छुट्टै मोर्चा घोषणा गर्ने तयारी गरेको छ।उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएर अशोक राईको अध्यक्षतामा जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भइसकेको छ।तर यी दुवै पक्षमा नरहेका नेता खगेन्द्र माखिमको समूहले बिहीबार पहिचानवादी मोर्चा...

कोशीमा तेस्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की, केदार कार्की अदालत जाने बिहीबार, वैशाख २७, २०८१ कोशी प्रदेशमा सत्ता गठबन्धन दलबाट नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई पदमुक्त गर्दै बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै सत्ता गठबन्धनले हिक्मतकुमार कार्कीलाई अघि बढाउन लागेको हो। गठबन्धनले बिहीबार बिहान १० बजे नै मुख्यमन्त्रीका...

उपेन्द्र यादवको अलमल! बिहीबार, वैशाख २७, २०८१ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सरकार मै रहने की बाहिरिने भन्ने विषयमा अन्योलमा छन्। बुधबार पत्रकार सम्मेलन गरेर सरकार मै रहने बताए पनि उनको आगामी योजना स्पष्ट देखिएको छैन।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा जसपा नेपाल फुटाइएको स्पष्ट भएपछि पनि यादवले...

गण्डकीका सभामुखको बलमिच्याइँविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ बिहीबार, वैशाख २७, २०८१ गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी बिहीबारलाई तोकिएको छ। प्रदेश सरकारले पाएको विश्वासको मतको संविधान विपरित रहेको भन्दै नेपाली कांग्रेस गण्डकी प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

कांग्रेस संसदीय दलको बैठक बस्दै बिहीबार, वैशाख २७, २०८१ बर्खे अधिवेशन पनि भनिने बजेट अधिवेशनको पहिलो बैठक वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ।हिउँदे अधिवेशनमा कांग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै आएको थियो।
कोशीका मुख्यमन्त्री अपदस्थ, नयाँ सरकार गठनका लागि आह्वान बिहीबार, वैशाख २७, २०८१ मुख्यमन्त्री कार्कीले प्रदेश सभामा विश्वासको मत नलिएकाले उनी पदमुक्त भएको निष्कर्ष निकाल्दै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) अनुसार प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वैशाख २८ गते अपरान्ह ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।

सरकारको नीति तथा कार्यक्रम वैशाख ३० गते बुधबार, वैशाख २६, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख ३० गते ल्याउने भएको छ। नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम यही ३० गते ल्याउने सरकारले तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ।

कांग्रेसले संसद्मा रविलाई बोल्न दिने, संसदीय छानबिनको माग भने यथावत् बुधबार, वैशाख २६, २०८१ संसद्मा गृहमन्त्रीलाई बोल्न दिने तर, संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसको तयारी छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकारसँग भेटघाट गर्दै संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद्मा प्रमुख प्रतिपक्षले उठाएका महत्वपूर्ण विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको बताए।

कांग्रेसको बटमलाइन– छानबिन समिति बने संसद् चल्छ, नत्र चल्दैन बुधबार, वैशाख २६, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समितिको मागलाई संसद्को आगामी अधिवेशनमा पनि कायमै राख्ने निष्कर्ष निकालेको छ। आज सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन समिति गठन गर्नुपर्ने विषयमा छलफल भएको हो।

कांग्रेसले सांसदहरुलाई प्रशिक्षण दिने बुधबार, वैशाख २६, २०८१ नेपाली कांग्रेसले आफ्नो दलका सांसदहरुलाई संसदीय प्रक्रिया र भूमिकाबारे बृहत प्रशिक्षण दिने भएको छ।संसदको बजेट अधिवेशन सुरु हुनुभन्दा एकदिन अघि अर्थात बैशाख २७ गते बिहीबार सांसदहरुलाई प्रशिक्षण दिन लागिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।