पार्टी फुटे पनि सरकारलाई कुनै असर गर्दैनः यादव शुक्रबार, वैशाख २८, २०८१

सभामुखसँग कांग्रेसको छलफल चल्दै, संसद् बैठक बस्न ढिलो हुने शुक्रबार, वैशाख २८, २०८१ आजबाट सुरु हुने संसद्को बजेट अधिवेशन निर्धातिर समयमा सुरु नहुने भएको छ। २ बजेका लागि संसद् बैठक बोलाइए पनि अझैसम्म कार्य व्यवस्था तथा परामर्श समितिको बैठक समेत बस्न सकेको छैन। अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सभामुख देवराज घिमिरेबीच छलफल चलिरहेको छ। यसअघि जस्तै प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले...

संसदीय दलको बैठकमा ओलीको तर्क– स्वार्थ केन्द्रित भएर कांग्रेस रविको पछि लाग्यो शुक्रबार, वैशाख २८, २०८१ नेकपा एमालेले नेपाली कांग्रेसले स्वार्थ केन्द्रित भएर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समितिको माग गरेको तर्क अघि सारेको छ। शुक्रबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस प्रतिरोधी भएर लामिछानेको पछि लागेको बताए।

रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटियो: कांग्रेस शुक्रबार, वैशाख २८, २०८१ नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको बताएको छ।संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखक सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै राख्ने निर्णय भएको जानकारी दिएका हुन्।

संसद्मा गृहमन्त्री लामिछाने बोल्दा कांग्रेसले अवरोध नगर्ने शुक्रबार, वैशाख २८, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को आजबाट सुरु हुने बजेट अधिवेशनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ। यसअघिका बैठकहरुमा गृहमन्त्री लामिछानेले बैठकमा बोल्न खोज्दा अवरोध गरेको कांग्रेसले आज भने अवरोध नगर्ने भएको हो। आज बसेको कांग्रेस संंसदीय दलको बैठकमा सो विषयमा छलफल भएको थियो।

एमाले संसदीय दलको बैठक बस्दै शुक्रबार, वैशाख २८, २०८१ सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बिहान ११ः४५ बजे संसदीय दलको बैठक बस्न लागेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले न्यूजगृहलाई जानकारी दिए। उनका अनुसार बैठकमा आजबाट सुरु हुने संसद्को बजेट अधिवेशन र समसायिक राजनीतिक विषयमा छलफल हुनेछ।

कांग्रेसको संसदीय दलको बैठक जारी शुक्रबार, वैशाख २८, २०८१

जसपा फुटले मधेस सरकार सङ्कटमा शुक्रबार, वैशाख २८, २०८१ सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) नेपालमा भएको विभाजनले मधेस प्रदेश सरकार सङ्कटमा परेको छ। मधेसमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन्। अशोक राई नेतृत्वको जसपा सत्ता गठबन्धनमा जोडिएपछि मधेसमा नेकपा एमाले र माओवादी केन्द्रले सरकार छोड्ने तयारी तरखरमा छन्।

संसद् बैठक अघि आन्तरिक छलफलमा कांग्रेस शुक्रबार, वैशाख २८, २०८१ नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बिहान बस्ने भएको छ। संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक ८:३० बजेका लागि तय गरिएको छ।नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको बैठकमा पार्टीबाट संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्नेछ।

संसद्को बजेट अधिवेशन आजबाट शुक्रबार, वैशाख २८, २०८१ संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ। अधिवेशनको पहिलो बैठक आज दिउँसो दुई बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने छ। आज पहिलो दिनको बैठक भएकाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ।

प्रमुख सचेतकहरूसँग सभामुखको परामर्श, प्रतिपक्षी दलप्रति सत्ता गठबन्धन सतर्क बिहीबार, वैशाख २७, २०८१ सभामुख देवराज घिमिरेले संसद्को बजेट अधिवेशन सञ्चालन र अर्थमन्त्रालयसँग सम्बन्धित भन्सारको महसुल सम्बन्धी विधेयकका विषयमा राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरेका छन्।बिहीबार सिंहदरबारमा भएको छलफलमा शुक्रबार नै कार्य व्यवस्थासँग सम्बन्धित बैठक समेत परेकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको माओवादी केन्द्र प्रमुख सचेतक हितराज पाण्डेले बताए।

कोशीमा मन्त्रिपरिषद् विस्तार, उप्रेती र मगर विना विभागीय मन्त्री नियुक्त बिहीबार, वैशाख २७, २०८१ एमालेबाट मन्त्री बनेका मगर इलामबाट निर्वाचित सांसद हुन्। माओवादीका उप्रेती मोरङका सांसद हुन्। दुवै जना यसअघि पनि मन्त्री भइसकेका छन्। एमाले संसदीय दलका उपनेता मगर यसअघि केदार कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए। तर, त्यतिबेला कांग्रेस र माओवादी पनि मन्त्रिपरिषद्मा सामेल भएपछि एमालेले सरकार छाडेको थियो ।

मधेस प्रदेशमा सरकार ढाल्ने कसरत बिहीबार, वैशाख २७, २०८१ समर्थन फिर्ता लिँदै दुवै दल बिहीबार नै सरकारबाट बाहिरिन सक्ने नेताहरूले दाबी गरेका छन्। जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठनको तयारी भइरहेको छ।