News Griha :: न्यूजगृह
प्रमुख सचेतकहरूसँग सभामुखको परामर्श, प्रतिपक्षी दलप्रति सत्ता गठबन्धन सतर्क

काठमाडौं— सभामुख देवराज घिमिरेले संसद्को बजेट अधिवेशन सञ्चालन र अर्थमन्त्रालयसँग सम्बन्धित भन्सारको महसुल सम्बन्धी विधेयकका विषयमा राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरेका छन्।

बिहीबार सिंहदरबारमा भएको छलफलमा शुक्रबार नै कार्य व्यवस्थासँग सम्बन्धित बैठक समेत परेकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको माओवादी केन्द्र प्रमुख सचेतक हितराज पाण्डेले बताए। 

Prabhu Bank

एमाले प्रमुख सचेतक महेश बर्तौलाले भोलिदेखि सुरु हुने संसद्को बर्खे अधिवेशनमा प्रमुख प्रतिपक्षी दल कांग्रेस कसरी प्रस्तुत हुन्छ भन्ने विषयमा समेत छलफल भएको बताए। 

उनले भने, ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न मागहरू राख्दै सदन अवरोध गर्दै आएको छ। यो मागलाई भोलिको बैठकमा कसरी राख्छ भन्ने विषयमा छलफल भएको छ। आम रुपमा भोलिको बैठकलाई कसरी व्यवस्थापनसँग सम्बन्धित कुनै पनि कार्यसूची नराख्ने र शीर्ष नेताहरूले बैठकमा सम्बोधन गर्ने कार्यसूची राख्ने निर्णय भएको छ।’

अन्य कुनै कार्यसूची नभएका कारण भोलिको बैठकमा कांग्रेसले सहयोग गर्ने उनले विश्वास व्यक्त गरे। 

यद्यपि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छलफलकै क्रममा ‘बैठक सुरु भएपछि बताउँछौँ’ भन्ने खालको प्रतिक्रिया दिएको उनले उल्लेख गरे। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  २०:२९
Weather Update