News Griha :: न्यूजगृह
मधेस प्रदेशमा सरकार ढाल्ने कसरत
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव/फाइल तस्बिर।

काठमाडौं— मधेस प्रदेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने तयारी गरेका छन्।

समर्थन फिर्ता लिँदै दुवै दल बिहीबार नै सरकारबाट बाहिरिन सक्ने नेताहरूले दाबी गरेका छन्। जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठनको तयारी भइरहेको छ।

Prabhu Bank

स्रोतका अनुसार जनमत पार्टीले पहिला आफूले मुख्यमन्त्री पाँउनु पर्ने दाबी गरेका कारण एमाले र माओवादीका नेताले तत्काल सरकार नछाडेका हुन्। 

नेकपा एमालेले आफूले पहिला मुख्यमन्त्री पाउनु पर्ने र पछि जनमतलाई मुख्यमन्त्री दिने विषयमा छलफल भइरहेको छ। सोही कारण एमाले र माओवादीका मन्त्रीले अहिलेसम्म सरकार नछाडेका हुन्।

साँझसम्म उनीहरूले सरकार छाडेपछि मधेस प्रदेश सरकार ढल्ने छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १९:०८
Weather Update