News Griha :: न्यूजगृह
संसदीय दलको बैठकमा ओलीको तर्क– स्वार्थ केन्द्रित भएर कांग्रेस रविको पछि लाग्यो 
फाइल तस्बिर

काठमाडौं— नेकपा एमालेले नेपाली कांग्रेसले स्वार्थ केन्द्रित भएर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समितिको माग गरेको तर्क अघि सारेको छ। 

शुक्रबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस प्रतिरोधी भएर लामिछानेको पछि लागेको बताए।

Prabhu Bank

महान्यायाधीवक्ता कार्यालयले समेत सहकारी ठगी प्रकरणमा  लामिछानेको नाम नमुछिएको भनेको दाबी गर्दै प्रहरी भन्दा रविको पछि कांग्रेस बढी लागेको बताए।   

यसअघि माओवादीले कांग्रेसँगको गठबन्धन तोडेपछि कांग्रेसले रविलाई प्रधानमन्त्रीको ‘अफर’ गरेको तर रविले नस्वीकारेपछि कांग्रेसले सहकारीको मुद्दा उचालेको टिप्पणी गरे। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री लामिछानेको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ। आजबाट सुरु हुने संसद्को बजेट अधिवेशनमा पनि कांग्रेसले छानबिन समिति बनाउनुपर्ने मागलाई यथावत राख्दै संसद्मा अवरोध कायमै राख्ने तयारी गरेको छ। 

आजबाट सुरु हुने संसद्को अधिवेशनबारे छलफल गर्न एमालेको संसदीय दलको बैठक बसेको हो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १४:०२
Weather Update