News Griha :: न्यूजगृह
एमाले संसदीय दलको बैठक बस्दै 
फाइल तस्बिर

काठमाडौं— सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । 

बिहान ११ः४५ बजे संसदीय दलको बैठक बस्न लागेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले न्यूजगृहलाई जानकारी दिए। 

Prabhu Bank

उनका अनुसार बैठकमा आजबाट सुरु हुने संसद्को बजेट अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। 

‘११ः४५ बजेका लागि बैठक बोलाइएको छ। आजको बैठकमा सुरु हुँदै गरेको संसद्को बजेट अधिवेशनसहित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ,’ उनले भने। 

बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ।  

आजबाट संसद्को बजेट अधिवेशन सुरु हुँदैछ। बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १०:५३
Weather Update