News Griha :: न्यूजगृह
कांग्रेसको संसदीय दलको बैठक जारी
फाइल तस्बिर

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ।

संसद्को बजेट अधिवेशन आजबाट सुरु हुँदैछ। 

Prabhu Bank

बजेट अधिवेशनका विषयमा छलफलका लागि केहीबेरअघि नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बैठक बसेको हो। 

जारी बैठकमा संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको छ। 

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ। यसअघि मंगलबार सभामुखसँग प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा पनि कांग्रेसले आफ्नो अडान कायम राखेको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १०:२४
Weather Update