News Griha :: न्यूजगृह
रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटियो: कांग्रेस

काठमाडौं— नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको बताएको छ।

संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखक सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै राख्ने निर्णय भएको जानकारी दिएका हुन्।

Prabhu Bank

उनले भने, ‘सहकारीमा बचत जम्मा गरेका नागरिकको फिर्ता ग्यारेन्टी गर्ने, अपचलन गर्नेमाथि कारबाही गर्ने र गृहमन्त्रीको पनि संलग्नता देखिएकाले निष्पक्ष होस् भन्ने सुनिश्चितताका लागि संसदीय छानबिन समिति माग गरेका छौँ। त्यो आवश्यक छ भन्ने थप पुष्टि भएको छ। त्यस विषयमा स्वतन्त्र छानबिनको पुनः माग गरेका छौँ।’ 

उनले सरकार गैरजिम्मेवार बनेको आरोप लगाउदै सहकारी ठगी प्रकरणमा जोगाउनको लागि राज्यको संयन्त्रकै दुरुपयोग गरेको निष्कर्ष कांग्रेसले निकालेको बताए।

उनले छानबिन समिति बटमलाइन बनेको भन्दै कांग्रेस पछि नहट्ने स्पष्ट पारे। साथै उनले संसदीय छानबिन समिति गठन भएन संसद् नचल्ने र त्यसको जिम्मा सरकारले लिनुपर्ने बताए।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १२:३८
Weather Update