News Griha :: न्यूजगृह
सभामुखसँग कांग्रेसको छलफल चल्दै, संसद् बैठक बस्न ढिलो हुने

काठमाडौं— आजबाट सुरु हुने संसद्को बजेट अधिवेशन निर्धातिर समयमा सुरु नहुने भएको छ। 

२ बजेका लागि संसद् बैठक बोलाइए पनि अझैसम्म कार्य व्यवस्था तथा परामर्श समितिको बैठक समेत बस्न सकेको छैन। 

Prabhu Bank

अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सभामुख देवराज घिमिरेबीच छलफल चलिरहेको छ। यसअघि जस्तै प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन समिति बनाउन माग कायमै छ। अहिले पनि सोही विषयमा कांग्रेसले संसद् अवरोध गर्ने भएपछि सभामुखले छलफल गरेका हुन्। 

अहिले सभामुखसँग कांग्रेसको छलफल चलिरहेको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले न्यूजगृहलाई जानकारी दिए। ‘कांग्रेसले पूरानै अडान कायम राखेर संसद्मा प्रस्तुत हुने भएपछि अहिले सभामुखको कार्यकक्षमा छलफल चलिरहेको छ,’ उनले भने। 

उनका अनुसार कांग्रेससँगको छलफलपछि कार्य व्यवस्था तथा परामर्श समितिको बैठक बस्ने र त्यसपछि मात्रै संसद् बैठक सुरु हुनेछ। 

आज बसेको कांग्रेस संसदीय दलको बैठकले संसद्मा शीर्ष नेताहरुसहित गृहमन्त्री लामिछानेले बोल्ने समयमा अवरोध नगर्ने निर्णय गरेको छ। तर सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै अघि देखि नै उठाउँदै आइरहेको संसदीय छानबिन समिति गठनको मागलाई यथावत नै राख्दै अवरोध गर्ने तयारी कांग्रेसको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १४:३९
Weather Update