News Griha :: न्यूजगृह
संसद्मा गृहमन्त्री लामिछाने बोल्दा कांग्रेसले अवरोध नगर्ने 
फाइल तस्बिर

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को आजबाट सुरु हुने बजेट अधिवेशनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ। 

यसअघिका बैठकहरुमा गृहमन्त्री लामिछानेले बैठकमा बोल्न खोज्दा अवरोध गरेको कांग्रेसले आज भने अवरोध नगर्ने भएको हो। 

Prabhu Bank

आज बसेको कांग्रेस संंसदीय दलको बैठकमा सो विषयमा छलफल भएको थियो। 

संसद्को बजेट अधिवेशन आजबाट सुरु हुँदैछ। बजेट अधिवेशनको सुरुको दिन आज सबै दलका शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने तयारी रहेको छ।

उपप्रधान एवं गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले यसअघिका बैठकमा निरन्तर अवरोध गर्दै आइरहेको थियो।

गृहमन्त्री लामिछानेको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति माग गरिरहेको कांग्रेसले आजको बैठकमा सबै दलका शीर्ष नेताहरुको कुरा सुनेर अघि बढ्ने जनाएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:०६
Weather Update