News Griha :: न्यूजगृह
तीन टुक्रा भयो जसपा नेपाल, तटस्थ समूहले पहिचानवादी मोर्चा घोषणा गर्दै
खगेन्द्र माखिम। तस्बिरः सामाजिक सञ्जाल

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेपछि तटस्थ बसेको समूहले छुट्टै मोर्चा घोषणा गर्ने तयारी गरेको छ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएर अशोक राईको अध्यक्षतामा जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भइसकेको छ।

Prabhu Bank

तर यी दुवै पक्षमा नरहेका नेता खगेन्द्र माखिमको समूहले बिहीबार पहिचानवादी मोर्चा घोषणा गर्न लागेको हो।

यसअघि माखिमले संघीय लिम्बुवान राज्य परिषद्‌लाई जसपासँग एकता गराएका थिए।

अहिले जसपा फुटेपछि उनले फेरि पहिचानवादी मोर्चा घोषणा गर्न लागेका हुन्। 

बिहीबार अपरान्ह १२ बजे काठमाडौंमा पत्रकार सम्मेलन गरी मोर्चा घोषणा गरिने जानकारी माखिमले दिए।  

यो पनि पढ्नुहोस

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०९:३१
Weather Update