News Griha :: न्यूजगृह
कांग्रेसले संसद्मा रविलाई बोल्न दिने, संसदीय छानबिनको माग भने यथावत्

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने भएको छ।

संसद्मा गृहमन्त्रीलाई बोल्न दिने तर, संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसको तयारी छ।

Prabhu Bank

पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकारसँग भेटघाट गर्दै संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद्मा प्रमुख प्रतिपक्षले उठाएका महत्वपूर्ण विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको बताए।

उनले मन्त्री वा कुनै व्यक्ति विशेष नभई हजारौँ जनताको अर्बौं रकम हिनामिना र अपचलन भएको विषयमा छानबिन गरौँभन्दा त्यसलाई बेवास्ता गरिएको आरोप पनि लगाए।


प्रमुख सचेतक लेखकले भने, ‘जनताले छाक काटेर सहकारीमा राखेको रकम अपचलन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइनुपर्छ। मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी अभियानलाई राम्रो बनाएर लैजानुपर्छ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १८:५८
Weather Update