News Griha :: न्यूजगृह
कोशीका मुख्यमन्त्री कार्की काठमाडौंमा, केहीबेरमा प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट दायर गर्ने

काठमाडौं— प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेलगत्तै कोशीका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा छन्। सर्वोच्च अदालतमा रिट दायर गर्न मुख्यमन्त्री कार्की बिहीबार बिहानै काठमाडौं आइपुगेका छन्। 

‘फर्स्ट आवरमै रिट दर्ता गर्न मुख्यमन्त्रीज्यू काठमाडौं पुग्नुभएको छ,’ कार्कीका प्रेस सल्लाहकार देवनारायण साहले भने ‘आजै रिट दायर गर्नुहुन्छ।’

Prabhu Bank

मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्नु असंवैधानिक भएको दाबी गरेका छन्। प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति नयाँ सरकार गठनको आह्वान गरेका थिए।

बुधबार प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कोशीमा सरकार गठनको आह्वान गरेका हुन्।

खापुङले प्रदेश सरकार गठन गर्न कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई वैशाख २८ गते, शुक्रबार अपराह्न ५ः ०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका हुन्।

दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता गरेको ३० दिन पूरा भएको, मुख्यमन्त्रीले विश्वासको मत नलिएको तथा संकल्प प्रस्तावले उनी अल्पमतमा परेको ठहरका आधारमा नयाँ सरकार गठनको आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयको सूचनामा उल्लेख छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०९:४६
Weather Update