News Griha :: न्यूजगृह
गण्डकीका सभामुखको बलमिच्याइँविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ    

काठमाडौं— गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी बिहीबारलाई तोकिएको छ। 

प्रदेश सरकारले पाएको विश्वासको मतको संविधान विपरित रहेको भन्दै नेपाली कांग्रेस गण्डकी प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

Prabhu Bank

रिटमा उनले सरकारले पाएको विश्वासको मत संविधान विपरित भएको भन्दै ठुलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गरेकाछन्।

गत आइतबार प्रदेश सभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनी गरेको घोषणा विरुद्ध रिट दायर गरेका थिए। 

संविधानको धारा १८८ (३) अनुसार बहुमतको लागि ३१ सांसदको मत चाहिन्छ। तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०८:४६
Weather Update