News Griha :: न्यूजगृह
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक/फाइल तस्बिर।  

काठमाडौं— नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्दै छ। बैठक दिउँसो २ बजे संसद् भवन नयाँबानेश्वरको ल्होत्से हलमा बस्ने छ। शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।

बर्खे अधिवेशन पनि भनिने बजेट अधिवेशनको पहिलो बैठक वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ।हिउँदे अधिवेशनमा कांग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै आएको थियो।

Prabhu Bank

कांग्रेसले संसदीय समिति माग गरिरहँदा वैशाख ३ मा सरकारले हिउँदे अधिवेशन नै अन्त्य गरेको थियो। अब शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा पनि कांग्रेसले आफ्ना माग उठाउने जनाएको छ।

बिहीबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सहकारीको रकम अपचलनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागबाट पछि नहट्ने निर्णय गरेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०६:२३
Weather Update