News Griha :: न्यूजगृह
गण्डकी प्रदेशका सभामुखको असंवैधानिक कार्यप्रति कांग्रेसको निन्दा र भर्त्सना

काठमाडौं— नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा भएका गतिविधिप्रति असहमति जनाएको छ।

कांग्रेसले सोमबार विज्ञप्तिमार्फत नेपालको संविधानको धारा १८८ को उपधारा ३ मा उल्लेख भएअनुसार तत्काल कायम रहेको सम्पूर्ण सदस्यको बहुमतबाट गर्नुपर्ने व्यवस्था रहेको स्पष्ट पारेको छ।

Prabhu Bank

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सदस्यको मत चाहिनेमा सभामुखले ३० सदस्यको मत प्राप्त अधिकारीलाई विश्वासको मत प्राप्त भएको घोषणा गरेकोमा कांग्रेसले विरोध जनाएको हो।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उक्त कार्य संविधान विपरित भएको जनाइएको छ। 

'यसले सर्वसत्तावादी चरित्रलाई उदाङ्गो पारेको छ। यो असंवैधानिक कार्यको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ,' विज्ञप्तिमा भनिएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  २०:३४
Weather Update