News Griha :: न्यूजगृह
जसपा दर्ता भएको संसद् सचिवालयलाई जानकारी

काठमाडौं— निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) दर्ता भएको जानकारी संघीय संसद् सचिवालयलाई पठाएको छ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)नेपालबाट विद्रोह गरी अशोककुमार राई नेतृत्वमा जनता समाजवादी पार्टी बनाउन आइतबार निर्वाचन आयोगमा निवेदन परेको थियो।

आयोगले सोमबार सो दललाई दलदर्ताको प्रमाणपत्र दिएको छ। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचन आयोगले जनता समाजवादी पार्टी दर्ता गरेको व्यहोरा उल्लेख गरी सचिवालयलाई पत्र पठाएको जानकारी दिए।

उनले आगामी वैशाख २८ गते संसद्को बजेट अधिवेशन आह्वान भएको सन्दर्भमा जसपा सत्तापक्ष वा प्रतिपक्षमा बस्ने कुरा सोधेर सोही अनुसारको सिट व्यवस्थापन गरिने जानकारी दिए।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  २०:२५
Weather Update