News Griha :: न्यूजगृह
सुदूरपश्चिमः यसअघि चित्त दुखाएकी नाउपाकी टीकालाई कृषि मन्त्रीको जिम्मेवारी, लिइन् शपथ 

काठमाडौं—सुदूरपश्चिम प्रदेशको नवनियुक्त भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नागरिक उन्मुक्ति पार्टीकी टीका थापाले पद तथा गोपनियताको शपथग्रहण गरेकी छिन्।

मंगलबार नै मन्त्री नियुक्त भएकी थापाले प्रदेश प्रमुख नजिर मियाँसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन्। 

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले थापालाई आजै कृषि मन्त्रीमा नियुक्त गरेका थिए। 

यसअघि नै उनलाई बिना विभागीय मन्त्री बनाउन लागिएको थियो। तर उनले सामाजिक सञ्जालमार्फत आफू बिना विभागीय मन्त्री नबन्ने भन्दै सरकारलाई समर्थन समेत नरहेको जानकारी गराएकी थिइन्। 

आज बसेको सुदूरपश्चिम सत्ता गठबन्धनको बैठकले नागरिक उन्मक्तिलाई थप एक मन्त्रालय दिने निर्णय गरेको हो। नागरिक उन्मुक्ति पार्टीबाट भौतिक पूर्वाधार मन्त्री बनेका कैलाश चौधरीले कार्यभार सम्हालिसकेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १४:२५
Prabhu BankPrabhu Bank
Weather Update