News Griha :: न्यूजगृह
मतदातालाई सुहाङको बाचा– तपाईंहरुको शिर झुक्ने काम गर्नेछैन 

काठमाडौं— इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले मतदाताको शिर झुक्ने कुनै पनि काम नगर्ने बताएका छन्। 

नेपाल कम्युनिस्ट पार्टी एमालेका तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङले मतदाताको मतलाई शिरोपर गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

Prabhu Bank

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज इलाममा आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा सांसद नेम्वाङले इलामेली मतदातालाई कुनै प्रकारको संकोच नुहुने गरी काम गर्ने प्रतिबद्धता जनाए। 

‘म मेरो बुबा (सुवासचन्द्र नेम्वाङ) को अपूरो र अधुरो सपना पूरा गर्न राजनीतिमा आएको हुँ, इलामे जनतालाई कुनै संकोच नहुने गरी काम गर्नेछु,’ उनले भने। 

कार्यक्रममा सांसद नेम्बाङलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले प्रमाणपत्र प्रदान गरे। कार्यक्रममा सांसद  महेश बस्नेत, कोशी प्रदेशसभा सदस्य रामबहादुर मगर राना, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १७:२८
Weather Update