![कर्णालीका मुख्यमन्त्री कँडेलले गरे मन्त्रिपरिषद् विस्तार, कसलाई के जिम्मेवारी? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/yamlal_kadel-1712665768.jpg)
काठमाडौं— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
जसअनुसार एमालेको भागमा परेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैँ राखेका छन्।
त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्ग बहादुर रावत रहेका छन्।
त्यस्तै भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रनसिंह परियार, सामाजिक विकासमन्त्रीमा वीरबहादुर शाहीलाई नियुक्त, गरेका छन्।
त्यस्तै भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्रीमा गमता विकलाई नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्रीहरुको शपथ आजै हुने बताइएको छ।














