News Griha :: न्यूजगृह
कर्णालीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ 

काठमाडौं— कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। 

आजै मन्त्रीमा नियुक्त भएका ४ मन्त्री र एक राज्यमन्त्रीले शपथग्रहण गरेका हुन्।

Prabhu Bank

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख तिलक परियारले मंगलबार शपथ गराएका हुन्।  

शपथग्रहण गर्नेहरुमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्ग रावत रहेका छन्।  

त्यस्तै भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्रीमा गमता विकले पनि शपथग्रहण गरेकी छिन्। कृषि मन्त्रीमा नियुक्त भएका विनोद कुमार शाहले भने शपथग्रहण गरेका छैनन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १५:५८
राजनीति
विशेष
Weather Update