News Griha :: न्यूजगृह
इलामको परिणामबारे रामहरिको टिप्पणी– चटकेहरुलाई ठेगान लगाइदियो 
फाइल तस्बिर

काठमाडौं— प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम कांग्रेस नेता रामहरि खतिवडाले इलाम–२ को उपनिर्वाचनको परिणामले कांग्रेस र एमाले मात्र मुलुकका शक्तिशाली दल रहेको प्रमाणित गरेको प्रतिक्रिया दिएका छन्।

उपनिर्वाचनको परिणामबारे कुराकानी गर्दै उनले मुलुकका लागि कांग्रेस र एमालेको ठूलो जिम्मेवारी रहेको बताए। 

खतिवडाले पराजित भएको नेपाली कांग्रेसले महागठबन्धनसँगको प्रतिस्पर्धामा पाएको मत सम्मानजनक रहेको र मत परिणामको गम्भीर समीक्षा गर्दै भावी योजना तय गर्नुपर्ने बताए। उनले साना चटकेहरुलाई मतदाताले ठेगान लगाइदिएको पनि बताए। 

‘इलाम–२ को उपनिर्वाचनले कांग्रेस र एमाले यो देशका प्रमुख शक्ति हुन् भन्ने थप प्रमाणित भएको छ। महागठबन्धनविरुद्ध कांग्रेसको मत सम्मानजनक छ। मतदाताले चटके साना दल र स्वतन्त्र उम्मेदवारहरुलाई ठेगान लगाएको छ। ०८४ को निर्वाचनसम्ममा देशमा जन्मिएका चटकेहरु सबै ठेगान लाग्नेछन,’ खतिवडाले भने। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १३:५४
Prabhu BankPrabhu Bank
Weather Update