News Griha :: न्यूजगृह
सरकारको आयु लामो छैनः कांग्रेस नेता महत

काठमाडौं—  नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अस्थिरता र अविश्वासको जगमा बनेको सरकारको आयु धेरै लामो नभएको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले वर्तमान सरकारको आयु चाँडै टुङ्गिने बताए। उनले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै निर्माण हुने विश्वास व्यक्त गरे।

Prabhu Bank

उनले भने, ‘अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ। यसकै कारणले यसको आयु चाँडै टुङ्गिनेवाला छ। र चाँडै नै हामीले लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै आउने छ भन्ने विश्वास दिलाउन चाहन्छु।’

यस्तै, उनले समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने भन्दै यसमा बहस चलाउन आवश्यक भएको पनि बताए। उनले नेपालको राजनीति कांग्रेसको कारणले अन्यौलग्रस्त नभएको भन्दै अस्थिरता निम्ताउने र त्यसमा रमाउने प्रवृत्तिलाई निस्तेज गर्नुपर्ने बताए। 

उनले भने, ‘नेपालको राजनीति नेपाली कांग्रेसको कारणले अन्यौलग्रस्त भएको होइन्। कांग्रेसको कारणले अस्थिरता आएको होइन। जसले अस्थिरता निरन्तर रुपमा निम्त्याइ रहेका छन् त्यो प्रवृत्ति नेपालको लोकतान्त्रिक आन्दोलनको लागि घातक छ। नेपालको विकासको लागि घातक छ। नेपालको उन्नति र देशमा रोजगारी सिर्जनाको लागि घातक छ।’ 
०००

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १४:४०
Weather Update