News Griha :: न्यूजगृह
जसपा फुटेको भोलिपल्टै लुम्बिनीमा जसपाका अहिर बने कृषिमन्त्री 

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेश सभा सदस्य भण्डारीलाल अहिरले कृषिमन्त्रीको जिम्मेवारी सम्हालेका छन्। 

यसअघि नै मुख्यमन्त्री जोखबहादुर महराले अहिरलाई कृषिमन्त्रीको जिम्मेवारी दिएको थिए। तर असन्तुष्ट बन्दै अहिरले गत वैशाख ९ गते मन्त्रीबाट राजीनामा दिएका थिए।   

Prabhu Bank

तर जसपा फुटेपछि अहिरले मुख्यमन्त्री महरासँग छलफल र सहमतिपछि कृषिमन्त्रीको जिम्मेवारी सम्हालेका हुन्। 

उनी गत चैत २५ गते बिनाविभागीय मन्त्री बनेकोमा वैशाख ६ गते कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। तर जसलाई दुई मन्त्रालय चाहिने भन्दै उनले राजीनामा दिएका थिए। 

आफूले यसअघि राखेका मागहरुको सम्बोधन गर्ने मुख्यमन्त्रीको प्रतिवद्धतापछि पदभार ग्रहण गरेका हुन्। 

आइतबार वरिष्ठ उपाध्यक्ष अशोक राईले बहुमत सांसद र सदस्यसहित नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्। तर अहिरले भने आफू कुन कित्तामा उभिने भन्ने क्लियर गरेका छैनन्। उनले आन्तरिक छलफलपछि कता लाग्ने भन्ने निष्कर्षमा पुग्ने प्रतिक्रिया दिएका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १४:३५
Weather Update