News Griha :: न्यूजगृह
एकीकृत समाजवादीले भन्यो– पार्टी फुट्ने हल्ला निराधार 

काठमाडौं— नेकपा एकीकृत समाजवादीले पार्टीभित्र आन्तरिक किचलो देखिएको भन्ने विषय हल्लामात्रै भएको जनाएको छ। 

आज बसेको संसदीय दलको बैठकपछि विज्ञप्ति जारी गर्दै बाहिर आएका हल्लाहरु निराधार रहेको पार्टी संसदीय दलका प्रमुख सचेतक मेटमणी चौधरीले जानकारी दिए।  

Prabhu Bank

‘बैठकले यस बिचमा संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरु गलत रहेको र त्यस्ता भ्रमहरुमा नपर्न सबैलार्ई अनुरोध गर्दै पार्टी संसदीय दल एकतावद्ध रहेको प्रतिवक्तता व्यक्त गरेको छ,’ चौधरीले विज्ञप्ति जारी गर्दै भनेका छन्। 

त्यस्तै आजको बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्यहरुले समसायिक राष्ट्रिय राजनीति, संघीय संसदको आगामी अधिवेशनमा खेल्नुपर्ने भूमिकाका विषयमा छलफल भएको बताए। 

त्यसैैगरी आगामी बजेट र नीति तथा कार्यक्रमका सन्दर्भमा जनसरोकारका विषयमा संसदमा जनताको सवालमा आवाज उठाउने विषयमा छलफल भएको खुलाइएको छ। 

पार्टीभित्र आन्तरिक किचलो बढिरहेका बेला एकाएक संसदीय दलको बैठक आह्वान गरिएको थियो। आइतबार मात्रै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटको अवस्थामा पुगेपछि एकीकृत समाजवादीले बैठक आह्वान गरेको हो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १७:४२
Weather Update