News Griha :: न्यूजगृह
जसपा फुटेपछि एकीकृत समाजवादीमा खैलाबैला, बोलाइयो संसदीय दलको बैठक 
फाइल तस्बिर

काठमाडौं— नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक आह्वान गरेको छ। 

पार्टीभित्र आन्तरिक किचलो बढेका बेला बोलाइएको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ। 

सोमबार (आज) दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले न्यूजगृहलाई जानकारी दिए। 
उनले पार्टीभित्रको आन्तरिक छलफलका लागि बैठक बोलाइएको बताए। 

Prabhu Bank

‘पार्टी भित्रको आन्तरिक विषयमा छलफलका लागि बैठक आह्वान गरिएको हो,’ उनले भने। 

पछिल्लो समय पार्टीभित्रको असन्तुष्टी बढिरहेको छ। आइतबार मात्रै जसपा फुटेपछि आन्तरिक किचलो बढेको एकीकृत समाजवादी पनि फुटको बाटोमा अघि बढेको त होइन? भन्ने शंसय पैदा भइरहेको छ। 

पार्टीभित्र आन्तरिक किचलो बढिरहेका बेला कतै असन्तुष्ट नेता कार्यकर्ताहरुलाई फकाउन खोजिएको त होइन? भन्ने न्यूजगृहको प्रश्नमा खतिवडाले भने, ‘घरमा असन्तुष्टी त कसको हुन्नर?, तर पनि पनि हामी केही हदसम्म शान्त छौँ जस्तो लाग्छ।’ 

बैठकका अन्य एजेण्डाबारे खुलाइएको छैन।

आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका अशोक राईले बहुमत सांंसदसहित निर्वाचन आयोगमा नयाँ दल दर्ताका निवेदन दिएका छन्। 

जसपामा जस्तै आन्तरिक किचलो एकीकृत समाजवादीमा रहेका कारण बोलाइएको बैठकमा त्यही विषयमा छलफल हुने अनुमान गरिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:१५
Weather Update