News Griha :: न्यूजगृह
सहकारी ठगी प्रकरणबारे गृहमन्त्री लामिछाने भन्छन्– एकैपटक मान्छेलाई थुन्न खोज्ने? 

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकार सहकारी पीडितको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन्। 

आज सभामुख देवराज घिमिरेले बोलाएको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू जोडिएको सहकारी अनियमिततालाई लिएर उठेको प्रश्नमा संसदीय समिति नचाहिने बरु आफूले सदनमा जवाफ दिन पाउनुपर्ने बताए।

Prabhu Bank

बैठकपछि बोल्दै लामिछानेले आफूविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले समेत कहीँकतै मुद्दा नचलेको बताएको उल्लेख गरे। उनले आफूविरुद्ध एउटै उजुरी नपरेको, बिना आधार मिडिया र प्रतिपक्षले सवाल गरेकै भरमा समिति गठन गर्नुपर्ने माग आधारहीन भएको बताए। 

‘सदनबाट मैले आफ्नो कुरा राख्न पाउनुपर्छ। सदनमा आफ्ना कुरा राखिसकेपछि चित्त बुझेन भने संसदीय समितिमा बोलाउनुपर्यो। एकैपटक मान्छेलाई थुन्न खोज्ने, केही गर्न नदिने? सफाइको मौका त फाँसीमा झुण्ड्याउन लागेको मान्छेले पनि पाउँछ होला नि?,’ उनले थपे, ‘कुरा मिडिया, समाज र सामाजिक सञ्जालमा चल्यो। प्रहरीमा निवेदन छैन। महान्यायाधिवक्ताको कार्यालयमा बुझ्दा काँही कुनै अदालतमा प्रतिवादी बनाइएको छैन। कसैले कहीँ पनि बयानमा बोलेको छैन। बोल्न, स्पष्टीकरण दिन, आफ्ना कुराहरु राख्न कहीँ पनि पाइएको छैन सिधै छानबिन समिति चाहियो? यस्तो पनि हुन्छ? हामीले गरेको संसदीय अभ्यास यही हो? कुनै आधारबिना बोलेर मात्र हुँदैन। प्रमुख प्रतिपक्षले भनेर मात्र हुँदैन।’

उनले सदन चलाउन प्रतिपक्षले जिम्मेवार भएर साथ दिनुपर्नेमा जोड दिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १७:२०
Weather Update